Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आइएमई पेको सेन्ड मनी फिचरबाट पैसा पठाउदा अब देखि शुल्क नलाग्ने

आइएमई पेको सेन्ड मनी फिचरबाट पैसा पठाउदा अब देखि शुल्क नलाग्ने


  • 1.9K
    Shares

    आइएमई पेको सेन्ड मनी फिचरबाट पैसा पठाउदा अब देखि शुल्क नलाग्ने

    काठमाडौँ ।  अब आइएमई पेको सेन्ड मनि फिचरबाट पैसा पठाउदा शुल्क नलाग्ने भएको छ । आइएमई पेका ग्राहकहरूले उक्त फिचरको प्रयोग गरी निःशुल्क रूपमा पैसा पठाउन पाउने भएका हुन् । 

    कम्पनीले ल्याएको यस्तो विशेषता ग्राहकहरूले अत्यन्त रुचाएको दावी गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कम्पनीको यस्तो आकर्षक विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराई रहेको पाइएको छ ।” 

    ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । 

    नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

    आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७९ शुक्रवार - १६:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij