२०८२ फाल्गुण २७ गते बुधवार
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ।
शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै ६ खेल जित्नैपर्ने दबाब छ। शीर्ष पाँचमा रहँदै एक दिवसीय मान्यता जोगाउन नेपालले चार खेल जित्नुपर्ने हुन्छ।
३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकमा नेपाल छैटौं स्थानमा छ। समान ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकमा पीएनजी तालिकाको पुछारमा छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij