Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सन्दीप लामिछाने यूएई प्रस्थान

सन्दीप लामिछाने यूएई प्रस्थान


  • 2.0K
    Shares

    सन्दीप लामिछाने यूएई प्रस्थान
    images

    नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछाने यूएई प्रस्थान गरेका छन् । आईसीसी क्रिकेट विश्वकप 'लिग टू'मा सहभागिताको उद्देश्यसहित सन्दीप यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दियो ।

    दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पीएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले फेसबूकमार्फत जानकारी दिएको छ ।

    रिजर्भमा रहेका सन्दीपलाई १४ सदस्यीय टोलीमा समावेश गर्न क्यानले आईसीसीसँग आग्रह गरेको थियो ।

    नेट प्राक्टिसका क्रममा घाइते भएका ढकाललाई सन्दीपले प्रतिस्थापन गर्ने क्यानले जनाएको छ ।​ टीममा कुनै सदस्य घाइते भएमा रिजर्भमा रहेका खेलाडीलाई समावेश गर्न पाउने व्यवस्था छ । नेपालले बिहीवार र सोमवार यूएई तथा शुक्रवार पीएनजीविरुद्ध खेल्दैछ ।

    उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् । सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि उनलाई यूएई जान बाटो खुलेको हो ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १६:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij