२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । मोरङमा निषेधित क्षेत्र तोकिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले निषेधित क्षेत्र तोकेका हुन् ।
प्रदेशसभाबाट प्रदेश नम्बर–१ को नामकरण गर्ने तयारीपछि निषेधित क्षेत्र तोकिएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेशको नामसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
आजै दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थान उल्लेख गरी निषेधित क्षेत्र तोकिएको छ ।
“...सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मा. मुख्यमन्त्रीज्यूको निवास वरवर मिति २०७९।११।१७ गते दिउँसो ३ः०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस, भेला, न्याली, धर्नाजस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ, “यो आदेशको उल्लंघन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।”

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij