२०८२ मंसिर ५ गते शुक्रवार
अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित कार्यसमितिका १० सदस्यले बैठक बहिष्कार गरेका छन् । बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकमा उपस्थित २० मध्ये १० सदस्यले बैठक बहिष्कार गरेका हुन् ।
बैठक बहिष्कार गर्नेमा उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा छन् ।
अर्का सदस्य टीका लामाले पनि वैधानिक नभएको भन्दै बैठक छोडेर हिँडेका छन् । बैठक बहिष्कार गर्ने सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङ तानासाह र गुन्डागर्दी ढंगमा चलेको आरोप लगाएका छन् ।
बहिष्कारबीच नेम्वाङले बैठक जारी राखेका छन् । २१ केन्द्रीय सदस्यमध्ये मनीष जोशी अनुपस्थित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij