Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत १७ गते, ६ विधामा नगदसहित सम्मान

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत १७ गते, ६ विधामा नगदसहित सम्मान


  • 1.9K
    Shares

    एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत १७ गते, ६ विधामा नगदसहित सम्मान
    images

    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले १७औँ स्पोर्ट्स अवार्ड आगामी चैत १७ गते आयोजना गर्ने भएको छ। 

    खेलाडीको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिँदै आएको यो अवार्ड कार्यक्रम चैत १७ गते गर्ने निर्णय भएको अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आधिकारिक खेल प्रतियोगिता नभएकाले यो वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकताप्राप्त २७ खेललाई आधार मानी अवार्ड वितरण गर्न लागिएको छ। 

    यसमा ६ विधामा खेलाडी पुरस्कृत हुनेछन्। जसअनुसार २७ खेलमध्येका एक उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अवार्ड दिइनेछ। 

    त्यसैगरी उत्कृष्ट खेलाडीमध्ये सर्वोत्कृष्ट पुरुष र महिला १÷१ जनालाई सम्मानपत्रसहित नगद १÷१ लाख दिइनेछ।त्यस्तै एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई सम्मानपत्रसहित जनही ५०÷५० हजार दिइनेछ।  

    त्यसैगरी एक जना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान दिइने भएको छ। उनले सम्मानपत्र र नगद ३५ हजार पाउनेछन्। 

    यता एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार दिइनेछ। उनले सम्मानपत्र र नगद २५ हजार पाउनेछन् भने एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई पनि अवार्डसहित नगद १५ हजार पुरस्कार दिइने जनाइएको छ। अवार्ड वितरण समारोह काठमाडौंमा आयोजना हुनेछ। 

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १४:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij