Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सिंहदरबार भित्रकै ठूलो केन्द्रीय कञ्चन चमेना गृहमा पाक्ने मःमको किमामा ढुसी

सिंहदरबार भित्रकै ठूलो केन्द्रीय कञ्चन चमेना गृहमा पाक्ने मःमको किमामा ढुसी


  • 2.0K
    Shares

    सिंहदरबार भित्रकै ठूलो केन्द्रीय कञ्चन चमेना गृहमा पाक्ने मःमको किमामा ढुसी
    images

    काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय भित्रैको खाजा घरमा अखाद्य वस्तु बिक्री गर्ने गरेको भेटिएको छ ।

    आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार भित्र गरेको अनुगमनमा सिंहदरबार भित्रकै ठूलो केन्द्रीय कञ्चन चमेना गृहमा पाक्ने मःमको किमामा ढुसी भेटिएको छ ।

    विभागका सूचना अधिकारी होमनाथ भट्टराईकाअनुसार उक्त चमेनागृहमा खान योग्य अवधि सकिएका, लेबल नभएका मसला र दुग्धजन्य पदार्थ र दुर्गन्धित मासु र तरकारी फेला परेको थियो । विभागले सो चमेना गृहलाई तीन लाख रुपैयाँ जरिवाना समेत गरेको भट्टराईले बताए ।

    ‘मःमको किमामा ढुसी आएको थियो र दुर्गन्धित थियो, तरकारीहरु सडेका थिए,’ भट्टराईले भने, ‘मसला र दूध समेत उपभोग्य मिति उल्लेख नभएको पाइयो । तीन लाख रुपैयाँ जरिवाना गरेका छौं ।’

    विभागले आइतबार संसदको केन्द्रीय चमेना गृह र सिंहदरबारको केन्द्रीय सेवा केन्द्रको भुइँ तलामा रहेको कञ्चन चमेना गृहमा अनुगमन गरेको थियो । अनुगमन टोलीले अखाद्य सबै वस्तु नष्ट गरेको छ ।

    तर, चमेनागृह सञ्चालक कुमार सापकोटाले भने आफ्नो व्यवसायको विभागले मानहानी गरेको बताए । ‘मैले आजका लागि आजै खाने कुराको कच्चा पदार्थ ल्याउँछु, आइसमा राखेको वस्तुलाई ढुसी र गन्हाएको भनेर प्रचार गरियो,’ सापकोटाले भने, ‘म विभागको गलत कामविरुद्ध अदालत जान्छु ।’

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - ११:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij