Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 2.3K
    Shares

    लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम मौका रहेको छ। 

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ लक्ष्मी लघुवित्तले भोलि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

    संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा  यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

    सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

    बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७२ बमोजिम संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

    सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

    सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - ११:३८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij