२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमितिले दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यले पाइरहेको सुविधा कटौती गर्ने निर्णय गरेको छ । २० जना श्रष्टाले आजीवन सदस्यको रूपमा प्रज्ञा प्रतिष्ठानबाट सेवा सुविधा लिइरहेका थिए ।
आजीवन सदस्यकै लागि प्रज्ञाप्रतिष्ठानले वार्षिक एक करोड बीस लाख खर्च गर्ने गरेको छ । हरेक आजीवन सदस्यहरूलाई मासिक ५१ हजार चार सय ७४ रुपैयाँ प्रदान गरिँदै आएको छ ।
सुविधा कटौतीबारे बोल्दै कूलपति भूपाल राईले भने, ‘आजीवन सदस्यबाट आधा मात्रै रकम बचाउन सकियो भने त्यो रकम प्राज्ञिक क्षेत्रमा राम्रो ढंगले काम गर्न सकिन्छ ।’
स्रष्टाहरू तुलसी दिवस डा. तिर्थबहादुर श्रेष्ठ, प्रा.डा. चुडामणि बन्धु, अशेष मल्ल, वैरागी काइँला, प्रा.डा. योगेन्द्रप्रसाद यादव, शशी शाह, ज्ञानमणि नेपाल, डा. ध्रुवचन्द्र गौतम, डा. तुलसी भट्टराई, तोया गुरुङ, पूर्ण विराम, मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निरन्जन चापागाईं, मञ्जु तिवारी काँचुली, नरेशकुमार साक्य, बुँद राना, गंगाप्रसाद उप्रेती, आरडी प्रभास चटौत, झमक कुमारी घिमिरे, व्याकुल माइलाले आजीवन सदस्यता वापत् मासिक सुविधा लिँदै आएका छन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij