Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

एमडिएसी स्पोर्ट्सलाई मार्केटिङ र टिकेटिङको अधिकार

एमडिएसी स्पोर्ट्सलाई मार्केटिङ र टिकेटिङको अधिकार


  • 1.5K
    Shares

    एमडिएसी स्पोर्ट्सलाई मार्केटिङ र टिकेटिङको अधिकार
    images

    एन्फाले आयोजना गर्ने तीनै डिभिजनको लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिले प्राप्त गरेको छ ।

    एमडीएससीले लिगको शिर्ष प्रायोजक बाहेकको अधिकार पाएको हो । सोमबार एन्फाले एक पत्रकार सम्मेलन आयोजना गर्दै सम्झौतामा हस्ताक्षर गरेको छ । 

    एमडीएससीले कर बाहेक एक करोड ९७ लाखमा उक्त अधिकार किनेको हो । एन्फाले तीन पटक यसका लागि टेन्डर आह्वान गरेको थियो । 

    सम्झौता पत्रमा एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेले  हस्ताक्षर गरेका छन् ।

    त्यस्तै लिगका खेलको प्रत्यक्ष प्रशारण स्पेस फोरकेले गर्नेछ । यसका लागि एमडीएससी स्पोर्ट्स र टेलिभिजनबीच सम्झौता भईसकेको छ ।

    सहिद स्मारक 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउन्ड रोबिनमा हुने 'ए' डिभिजन लिगका खेलहरु  दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १५:५९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij