Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

दरबारमार्गका व्यापारीहरुले गरे ‘सटर डाउन’ को तयारी

दरबारमार्गका व्यापारीहरुले गरे ‘सटर डाउन’ को तयारी


  • 1.6K
    Shares

    दरबारमार्गका व्यापारीहरुले गरे ‘सटर डाउन’ को तयारी
    images

    राजधानीको दरबारमार्गका व्यवसायीहरुले एक घण्टा ‘सटर डाउन’ गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले त्यहाँको सडक किनारमा कायम रहेको पार्किङ हटाइएको विरोधमा व्यापारीहरुले आज सटर बन्द गर्न लागेका हुन् । 

    पार्किङको विकल्प दिनुपर्ने मागसहित आज अपरान्ह साँढे ४ देखि साँढे ५ बजेसम्म सटर बन्द गर्ने व्यवसायीहरुले बताएका छन् । महानगरले गत पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ निषेध गरेको छ । त्यसपछि व्यापार ठप्प भएको उनीहरुको गुनासो छ । 

    महानगरले विकल्प नदिएर पार्किङ हटाएकाले आफ्नो व्यापार र व्यवसायमा गम्भीर असर परेको व्यवसायीहरुको आरोप छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १५:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij