Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले फागुन १७ बाट एकीकृत कारोबार सुरु गर्ने

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले फागुन १७ बाट एकीकृत कारोबार सुरु गर्ने


  • 2.8K
    Shares

    प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले फागुन १७ बाट एकीकृत कारोबार सुरु गर्ने
    images

    आपसी मर्जरमा जाने सम्झौता गरेका सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले यही फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् ।

    आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई बीमा कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएसँगै अब फागुन १७ गतेबाट एकीकृत कारोबारमा जाने भएका हुन् ।

    दुवै कम्पनीले अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को नामबाट निर्जीवन बीमाको कारोबार गर्ने छन् । यही फागुन ११ गते सम्पन्न भएको एकीकृत मर्जर कमिटीको बैठकको निर्णय बमोजिम फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको दुवै कम्पनीले जनाएका छन् ।

    नयाँ कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बीरेन्द्र बैदवार सिईओ बन्नेछन् भने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहनेछ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १२:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij