Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

महिला टी–२० विश्वकपको फाइनल आज: अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

महिला टी–२० विश्वकपको फाइनल आज: अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै


  • 2.8K
    Shares

    महिला टी–२० विश्वकपको फाइनल आज: अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

    दक्षिण अफ्रिकामा जारी महिला टी-२० विश्वकपमा आइतबार फाइनल खेल हुँदैछ। आठौँ संस्करणको फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुन लागेको हो। केप टाउनको न्युल्यान्डसमा हुने फाइनल नेपाली समय अनुसार साँझ ६:४५ मा सुरु हुने छ।

    ५ पटकको च्याम्पियन अस्ट्रेलिया उपाधिमा दोस्रो पटक ह्याट्रिक गर्ने सोचमा रहँदा दक्षिण अफ्रिका भने पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ। दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि विश्वकपको फाइनलमा पुगेको हो। अस्ट्रेलिया र दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्न लागेका हुन्।

    हेड टु हेडमा दक्षिण अफ्रिकामाथि अस्ट्रेलिया हावी रहँदै आएको छ। दुबै टिमका बीच अहिलेसम्म टी-२० अन्तराष्ट्रियमा ६ खेल भएका छन् र सबै ६ खेलमा अस्ट्रेलियाले जित हासिल गरेको छ। यि सबै खेल विश्वकपमा खेलिएको हो।

    फाइनल प्रवेश गर्ने क्रममा अस्ट्रेलियाले भारत तथा आयोजक दक्षिण अफ्रिकाले इंग्ल्यान्डको चुनौती पन्छाएका थिए।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - ११:१९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij