Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा चैत १ गते, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव

शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा चैत १ गते, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव


  • 2.0K
    Shares

    शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा चैत १ गते, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव
    images

    शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १ गते पहिलो बार्षिक साधारण सभा गर्ने भएको हो ।

    सभा नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन दिउँसो २ः३० बजे शुरू गर्ने कम्पनीले जनाएको छ ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीबमोजिम सर्वसाधारणमा जारी गर्ने भनी छुट्याएको शेयरलाई संशोधन गरी प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १६:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij