Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

ब्राेकरलाई शाखा खोल्न निर्देशिका २०७९ लागू, यस्ता छन् नयाँ शर्त !

ब्राेकरलाई शाखा खोल्न निर्देशिका २०७९ लागू, यस्ता छन् नयाँ शर्त !


  • 2.1K
    Shares

    ब्राेकरलाई शाखा खोल्न निर्देशिका  २०७९ लागू, यस्ता छन् नयाँ शर्त !
    images

    धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ लागू गरिएको छ ।

    धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहनेवित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढङ्गले शाखा कार्यालय संचालन गर्न तथा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ हिजाे फागुन ४ गतेदेखि लागू गरिएकाे हाे ।

    धितोपत्र दलालको शाखा कार्यालयमा तयार गर्नुपर्ने न्यूनतम पूर्वाधार यस प्रकारका छन् :

    (क) शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तिमा पाँच सय वर्गफिट हुनुपर्ने,

    (ख) शाखा कार्यालयमा कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन ( कम्प्लाइन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने,

    (ग) शाखा कार्यालयबाट हुने कारोबार मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने,

    (घ) कम्तिमा दुई थान कम्प्युटर र त्यसका लागि power backup भएको हुनुपर्ने,

    (ङ) शाखा कार्यालयको कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा Dedicated Internet Connectivity (Leased Line) को प्रयोग भएको हुनुपर्ने,

    (च) कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने,

    (छ) टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट तथा सिसीटिभि जस्ता पूर्वाधारहरुको व्यवस्था भएको हुनुपर्ने,

    (ज) कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामाग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने ।

    निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहाेस्

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १५:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij