२०८२ मंसिर ५ गते शुक्रवार
कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा आइपुग्दा 'क' वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ३.७ अंकले घटेर ३९६.४४ विन्दुमा झरेको छ।
बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बिहीबार २५६ कम्पनीका ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६८ करोड ४९ लाखभन्दा बढिको कारोबार भएको छ।
१३ उपसूचक समूह सबै आज राताम्मे भएका छन्। त्यसमध्ये उत्पादन तथा प्रशोधन समूहले सबैभन्दा बढि गुमाएको छ। उसले १.९३ प्रतिशतले गुमाएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
बिहीबार कारोबारको हिसाबले सबैभन्दा बढि हिमालयन डिस्टिलरी लिमिटेडको भयो। उसले ५ करोड ३८ लाखको कारोबार गर्दा दोस्रो स्थानमा रहेको अपि पावर कम्पनीले ५ करोड १३ लाखको कारोबार गर्याे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij