Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन?

मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन?


  • 1.9K
    Shares

    मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन?
    images

    मोलुङ्ग हाइड्रोपावर कम्पनीले आज –बिहीबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

    कम्पनीले जारी पुँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो। 

    जसमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ। 

    यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि छुट्याएको कम्पनीले बताएको छ। सर्वसाधारणका लागि भने कम्पनीले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर वितरण गरेको हो। 

    कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। 

    उक्त आइपिओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन १८ गतेसम्म लम्बिने कम्पनीको भनाइ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - ११:२७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij