Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मिथिला र महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मिथिला र महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 2.1K
    Shares

    मिथिला र महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    images

    दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने फागुन ४ गते (आज) अन्तिम दिन रहेको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् ।

    सो सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने भएकाले फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् ।

    मिथिला लघुवित्तले फागुन १७ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले भने फागुन २१ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
     

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - ११:२५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij