Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी


  • 1.8K
    Shares

    सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी
    images
    सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, समय भने अझै तय भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यता, सुपर माईको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३७.१२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् । 
     
    जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
     
    यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी इक्रा  नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा सुरक्षित रहेको संकेत गर्छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १६:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij