Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तलब नपाएपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए शिक्षक र कर्मचारी

तलब नपाएपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए शिक्षक र कर्मचारी


  • 2.7K
    Shares

    तलब नपाएपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए शिक्षक र कर्मचारी

    लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन्। 

    नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा बुधबार पढाइ अवरुद्ध भएको छ। 

    तलब नपाएसम्म बुधबारदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासंघका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए। 

    मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए। साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो।

    नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन्। त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन्। ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन्।  

    शिक्षकहरुको समस्या समाधान चाँडै गरिने नगर उपप्रमुख पुनम कर्णले बताइन्। प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उपप्रमुख कर्णको भनाइ छ।

    कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिकाको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन्। करिब १५–२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णले बताइन्। (रासस)

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १५:३६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij