Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेप्सेमा भारी गिरावट: १३ अंकले घट्यो, १ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा भारी गिरावट: १३ अंकले घट्यो, १ अर्ब ७३ करोडको कारोबार


  • 1.7K
    Shares

    नेप्सेमा भारी गिरावट: १३ अंकले घट्यो, १ अर्ब ७३ करोडको कारोबार
    images

    आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो । 

    यससँगै, परिसूचक २०९१ अंकमा आएर रोकिएको छ। परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।

    बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ । परिसूचक १३ अंकले घट्दा आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ । यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ । बाँकी सबै समूह घटेका छन् । 

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १५:२१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij