Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

अब टेलिकम तथा इन्टरनेट प्रदायकले वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र राख्नुपर्ने

अब टेलिकम तथा इन्टरनेट प्रदायकले वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र राख्नुपर्ने


  • 2.5K
    Shares

    अब टेलिकम तथा इन्टरनेट प्रदायकले वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र राख्नुपर्ने

    अब टेलिकम तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले आफ्नो वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

    बडापत्रमा सेवाप्रदायकको नाम, ठेगाना, ईमेल, सम्पर्क नम्बरका साथै सेवा उपलब्ध भौगोलिक क्षेत्र (जिल्ला तह) र नेटवर्क पहुँच रहेको स्थान उल्लेख गर्नुपर्नेछ ।

    यस अलावा सेवाका प्याकेज तथा ट्यारिफ, ग्राहक सेवा, सहायता सम्पर्क नम्बर तथा टोल-फ्रि नम्बर, गुनासो सम्बोधन संयन्त्र र उपलब्ध गराइएको सेवा सक्रिय तथा निष्क्रिय पार्ने प्रक्रिया समेत बडापत्रमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १७:२५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij