Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

१६ अङ्कले घट्याे शेयर बजार, कारोबार रकम पनि १ अर्ब ७८ करोडमा झर्‍यो

१६ अङ्कले घट्याे शेयर बजार, कारोबार रकम पनि १ अर्ब ७८ करोडमा झर्‍यो


  • 2.5K
    Shares

    १६ अङ्कले घट्याे शेयर बजार, कारोबार रकम पनि १ अर्ब ७८ करोडमा झर्‍यो
    images

    शेयर बजार आज मङ्गलवार १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेकाे छ । 

    आज उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाेमा बीमा, माइक्राेफाइनान्स, विकास बैंक, हाेटल तथा पर्यटन र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले ओराले लागेकाे छ ।

    बजार घटेकाे दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडकाे ७ कराेड ७८ लाख र ङादी ग्रुप पावरकाे ७ कराेड ७४ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

    आज बाराही हाइड्राेपावरकाे शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालकाे शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेकाे छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १५:४१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij