२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पछिल्लो तीन महिनाको अवधिमै एक अर्ब १२ करोड ५४ लाख २८ हजार रुपैयाँ गुमाएको छ । कम्पनीले दोस्रो त्रैमासिक (गएको १ कात्तिकदेखि ३० मंसिर) अवधिमा ग्राहकबाट गर्ने आम्दानी गुमाएको हो ।
गत वर्ष सोही अवधिमा नौ अर्ब ४३ करोड २१ लाख ३४ हजार रहेको कम्पनीको आम्दानी यस वर्ष घटेर आठ अर्ब ३० करोड ६७ लाख छ हजारमा खुम्चिएको छ । ग्राहकलाई सेवा उपलब्ध गराएर प्राप्त हुने यस्तो आम्दानी चालू आर्थिक वर्षको छ महिनामा समेत घटेको देखिन्छ ।
गत आवको सुरु छ महिनामा १९ अर्ब २० करोड ७४ लाख ९६ हजार रुपैयाँ रहेको टेलिकमको आम्दानी यस वर्ष एक अर्ब ११ करोड ९४ लाख ६९ हजार रुपैयाँ गुमाउँदै १८ अर्ब आठ करोड ३० लाख २७ हजार रुपैयाँमा खुम्चिएको छ । तर बैंक ब्याजले गर्दा टेलिकमको कूल आम्दानी भने बढेको देखिन्छ ।
कम्पनीले पछिल्लो तीन महिनामा मात्रै दुई अर्ब ८५ करोड ७२ लाख ९२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन एक अर्ब २४ करोड ५२ लाख ९७ हजार रुपैयाँले बढी हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij