Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

पार्टीकाे बैठक सारेर के गर्दै छन् प्रधानमन्त्री दाहाल ?

पार्टीकाे बैठक सारेर के गर्दै छन् प्रधानमन्त्री दाहाल ?


  • 1.7K
    Shares

    पार्टीकाे बैठक सारेर के गर्दै छन् प्रधानमन्त्री दाहाल ?

    नेकपा माओवादी केन्द्रको आजको लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताको कारण बैठक स्थगित भएको दाहालका प्रेस विज्ञ मनोहरी तिमिल्सीनाले जानकारी दिए।

    प्रचण्ड शुक्रबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा व्यस्त छन्। उक्त कार्यक्रम सकिएपछि प्रचण्डले नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्रीसँग भेट्ने कार्यक्रम छ। प्रचण्डले दिउँसो चार बजे मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलसँग भेट्ने कार्यक्रम छ।

    पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने तय भएर स्थगित भएको आजको माओवादी स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्यूरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने तयारी थियो।

    यसअघि बिहीबार बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका थिए।

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - १२:४४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij