Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

फेरि सर्‍यो माओवादी बैठक, भोलि शनिवार १ बजे बस्ने

फेरि सर्‍यो माओवादी बैठक, भोलि शनिवार १ बजे बस्ने


  • 1.9K
    Shares

    फेरि सर्‍यो माओवादी बैठक, भोलि शनिवार १ बजे बस्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । 

    गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।

    रबि लामिछाने नेतृत्वको पार्टीले आज र भोलिसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - ११:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij