२०८२ माघ १५ गते बिहिवार
वर्तमान शासन ब्यबस्था प्रति चर्को असहमति जनाउँदै सुक्ष्म तर निर्णायक आन्दोलनको तुफान चलाउने अभियानमा होमिएको नेपाल समाजवादी कांग्रेसले देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार भित्रै बाटै बिगुल फुक्ने भएको छ।
राष्ट्रियता, प्रजातन्त्र,राजसंस्था,हिन्दुराज्य र संघियता खारेजीलाई मूल मुद्दा बनाएर सुसुप्त तर गम्भीर आन्दोलनमा होमिएको समाजवादी कांग्रेसले गृह मन्त्रालय परिसरमै आन्दोलनको ताण्डब तागत देखाउने भएको हो।
पार्टी अध्यक्ष समेत रहेका ग्रेट हिमालय विचारका दुरदर्शी जन्मदाता गोविन्द निरौलाले सामाजिक संजाल मार्फत गृह मन्त्रालयमै आफ्नो पार्टीको तागत देखाउने जनाउ दिएका हुन्। केही दिन अगाडी सो पार्टीले प्रधानमन्त्री कार्यालय अगाडी बिरोध कार्यक्रम गरेको थियो।
गृह मन्त्रालयले उक्त बिरोध कार्यक्रम गरेको थाहा पाएपछि सो कार्यक्रममा सरिक भएका पार्टी अध्यक्ष निरौला सचिव मानबहादुर गुरुङ र केन्द्रीय सदस्य चन्द्र पाण्डे माथि निगरानी बढाएको छ। तीन नेतालाई सिङ्गदरबार प्रवेशका लागि सहजीकरण गर्ने निकायको खोजीका लागि मन्त्रालयले गोप्य रुपमा छानबिन गरेको बुझिएको छ। तीन नेताका लागि सिङ्गदरबार प्रवेश गर्ने पास जारी गर्ने निकाय र व्यक्तिलाई कठघरामा उभ्याउने गरिजांच बुझ भई रहेको श्रोतको भनाई छ। तीन नेतालाई जहाँ बेत्यो त्यहि बाट थुत्न निर्देशन जारी भएको श्रोतको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij