२०८२ माघ १५ गते बिहिवार
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक अहिले अपराह्न ३ बजे बस्न भएको छ ।
पार्टीको बसुन्धारास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले सरकारमा सहभागिता सम्बन्धी विषयमा निर्णय गर्नेछ । पछिल्लो समय पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण गृहमन्त्री र सांसद पद गएपछि पुनः गृहमन्त्रालय आफैले पाउनुपर्ने अडान रास्वपाका नेताहरुको छ । तर प्रधानमन्त्रीले भने तत्कालै गृहमन्त्रालय रविलाई दिन नसकिने अडान राखेका छन् । यसै विषयमा रविले सरकार छाड्नेसमेत अभिव्यक्ति दिइसकेका छन् ।
पार्टीका प्रवक्ता मुकुल ढकालले आजको संयुक्त बैठकले सरकारमा सहभागी भएर पनि जनताको पक्षमा खासै काम गर्न नसकिएको लगायत विषयमा निर्णय गर्नका लागि छलफल हुने बताएका छन् । यद्यपि सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij