Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मधेस प्रदेश: साना दलमा एकताको चहलपहल, कुन-कुन दलबीच हुँदैछ वार्ता ?

मधेस प्रदेश: साना दलमा एकताको चहलपहल, कुन-कुन दलबीच हुँदैछ वार्ता ?


  • 1.8K
    Shares

    मधेस प्रदेश: साना दलमा एकताको चहलपहल, कुन-कुन दलबीच हुँदैछ वार्ता ?

    काठमाडौँ । तराई मधेसमा रहेका साना दलहरूको बीचमा एकताको प्रक्रिया सुरु भएको छ । मधेस प्रदेश जनकपुरमा बसेको विभिन्न साना दलहरूको बैठकले एकता र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । 

    एकता प्रक्रियाका विषयमा वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, बद्रीनारायण ठाकुरको नेतृत्वको ऐतिहासिक जनता पार्टी, रामकुमार साह नेतृत्वको नेपाल सद्भावना पार्टी, विश्वनाथ साह नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी, हरिनन्द महरा नेतृत्वको बहुजन एकता पार्टी, कैलाश महतो नेतृत्वको स्वाधीन मधेस जनअभियान, डा.कृष्णप्रसाद साह नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीको बीचमा छलफल भएको हो । 

    तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले एकताका लागि प्रारम्भिक छलफल भएको बताए । विगतदेखि उठेको मधेसका विभिन्न मुद्दाहरू ओझेलमा परेको कारण त्यसलाई गम्भीर रूपमा उठाउने उनले बताए । 

    जसपा, लोसपा, जनमतलगायत दलहरू सत्तालाई प्राथमिकतामा राखेको र मधेसका मुद्दाहरू बिर्सेको दाबी गर्दै अध्यक्ष लालले मधेसमा रहेका विभिन्न दलहरू सङ्गठित भएर आन्दोलनको तयारीमा लागेको बताए । अर्को बैठक फागुन १ गते बस्ने र त्यो बैठकबाट यसलाई ठोस रूपमा अगाडि बढाउने उनले बताए । 

    दुई दिन अघि जनकपुरमा बसेको बैठकमा तमलोपाका अध्यक्ष लाल र सो पार्टीका वरिष्ठ नेता डा.विजयकुमार सिंह, एकीकृत जनता पार्टीबाट बद्री नारायण ठाकुर, नेपाल सद्भावना पार्टीबाट रामकुमार महतो, बालकेश्वर ठाकुर, राष्ट्रिय सद्भावना पार्टीका राजेश्वर ठाकुर, बहुजन एकता पार्टी, राम सागर महरा, स्वाधीन मधेस जनअभियानका विपिन अधिकारी र नेपाल लोकतान्त्रिक पार्टीका डा.कृष्णचन्द्र साहको उपस्थिति थियो । 

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - १२:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij