२०८२ माघ १५ गते बिहिवार
नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकाे छ। पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा आज बिहान बसेको संसदीय दल कार्यसमिति बैठकले २३ माघमा हुने राष्ट्रियसभा उपाध्यक्ष चुनावमा आफ्ना उम्मेदवारलाई अघि सार्ने निर्णय गरेकाे हाे। यसबारे अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएकाे राष्ट्रियसभाका लागि प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
कार्यसमिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ। लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताए। उनले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्नेसमेत बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij