Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी


  • 463
    Shares

    नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार ६ महिनामा बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२.३२ प्रतिशतले बढेको छ ।

    चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ९७ करोड १ रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा ३५.०२ प्रतिशतले बढी हो। बैंकको वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहेको छ। 

    बैंकले २ अर्ब ३७ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी ८.१४ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ८ अर्ब रुपैयाँ रहेको बैंकको रेटिन्डमा अर्निङ १९ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ रहेको छ। बैंकले १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १६.८० रुपैयाँ कायम भएको छ भने पीई रेसियो २०.७७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.३५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.७५ प्रतिशतमा पुगेको छ। 

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - ११:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij