Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६ महिनामा २ सय बढी शिक्षकले दिए राजीनामा

६ महिनामा २ सय बढी शिक्षकले दिए राजीनामा


  • 2.9K
    Shares

    ६ महिनामा २ सय बढी शिक्षकले दिए राजीनामा

    राष्ट्रिय किताबखाना (शिक्षक) को अनुसार विगतको वर्षहरुको तुलनामा राजीनामा दिने शिक्षकको दर बढेको छ । अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरुको तुलनामा भने बढी देखिएको किताबखानाका कामु उपनिर्देशक रामराज खकुरेलले जानकारी दिए ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताबखाना (शिक्षक) का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिनेछन् ।

    खकुरेलले अघिल्लो वर्ष स्थानीय तहको चुनाव, राजनीतिक दलहरुको चुनाव र स्थानीय तहले दिने गोल्डेन ह्यान्ड सेकलगायतका कारणले राजीनामा दिनेको संख्या अत्यधिक रहेको बताए । उनी भन्छन् ‘गत वर्षको तुलनामा राजीनामा दिने शिक्षकको संख्या कम देखिएको छ तर विगतको वर्षहरु भन्दा चाहीं बढी हो ।’

    यो वर्ष राजीनामा दिने शिक्षक मध्ये अधिकांशको सेवा अवधि ३० वर्ष पुगेको र प्रविधिमार्फत पढाउन समस्या भएको जस्ता कारण रहेको बुझेको कामु उपनिर्देशक खकुरेल बताउँछन् । उनी भन्छन् ‘पालिकासँग मैले बुझ्दा अधिकांशले ३० वर्ष भइसक्यो अझै कति गर्नु भन्ने मनसायले र अर्को नयाँ प्रविधिमार्फत पढाउन नसक्ने भन्दै छोड्नेहरु रहेछन् ।’

    उनको भनाइअनुसार पछिल्लो समय विभिन्न माध्यममा भएका पाठ्यसामग्रीहरुलाई पनि आधार बनाएर पढाउन पालिकाहरुले दबाब दिइरहेकोले प्रविधिमा ज्ञान नहुने र सिक्न गाह्रो मान्ने शिक्षकहरुले छोडिरहेका छन् ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १५:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij