२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा सांसद एकनाथ ढकालले शान्ति सम्झौताको एक प्रमुख हस्ताक्षरकर्ता तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि सङ्क्रमणकालीन न्यायमा प्रगति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ र कोसँग छ ? भन्दै प्रश्न समेत गरे ।सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूबाट र ६० हजारभन्दा धेरै उजुरीहरू प्राप्त गरेको भए पनि हालसम्म एउटा पनि अनुसन्धान सम्पन्न गर्न सकेको छैन,’ उनले भने ‘म यस विषयमा सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij