Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज सामसङको अनप्याक्ड इभेन्ट, २०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक हुँदै

आज सामसङको अनप्याक्ड इभेन्ट, २०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक हुँदै


  • 3.0K
    Shares

    आज सामसङको अनप्याक्ड इभेन्ट, २०० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक हुँदै
    images

    आज बुधबार राति ११:४५ बजे सामसङको अनप्याक्ड इभेन्ट हुँदैछ । उक्त इभेन्टमा कम्पनीले बहुप्रतिक्षित सामसङ ग्यालेक्सी एस२३ सिरिजसँगै अन्य डिभाइस सार्वजनिक गर्ने बताइएकाे छ । कार्यक्रम सुरु भएपछि यहाँ क्लिक गरेर लाइभ हेर्न सकिन्छ । कार्यक्रमको टिजर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    कम्पनीले अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस २३, ग्यालेक्सी जेड फोल्ड फाइभ, ग्यालेक्सी जेड फ्लिप फाइभ, ग्यालेक्सी भीआर हेडसेट, ग्यालेक्सी वाच सिक्स, सामसङ मनिटर आदि सार्वजनिक गर्ने बताइएको छ ।

    सामसङले बनाएका विभिन्न स्मार्टफोनमध्ये एस२३ लाइनअपलाई अहिलेसम्मकै उत्कृष्ट फोनका रूपमा प्रस्तुत गरिएको छ । बेस, प्लस र अल्ट्रा गरी तीन फरक मोडलमा उपलब्ध हुने याे सिरिजबारे धेरै विवरण बाहिरिएका छन् ।

    एस२३ को बेस तथा प्लस मोडलमा सामान्य रिफ्रेसरेट हुनेछ भने अल्ट्रामा स्तरीय रिफ्रेसरेट हुने अपेक्षा छ । साथै यी मोडलमा नयाँ प्रोसेसर, केही अपडेट गरिएको डिजाइन हुने बताइएको छ । सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको अल्ट्रामा कम्पनीले नै तयार पारेको आईसोसेल एचपी टु सेन्सर (ISOCELL HP1 ) प्रयोग हुनेछ, जुन २०० मेगापिक्सेलको हुने कम्पनीले जनाएको छ ।

    ग्यालेक्सी जेड फोल्ड ५

    कम्पनीले सार्वजनिक गर्न लागेको अर्को स्मार्टफोन हो ग्यालेक्सी जेड फोल्ड फाइभ । 'एस पेन' समावेश भएको यस फोनलाई फोन र ट्याब्लेटको हाइब्रिड रुप भनेर पनि बताइएको छ । अधिकतम विशेषता ग्यालेक्सी जेड फोल्ड फोरसँग मिले पनि सेन्सर, क्यामेरा, प्रोसेसरमा भने यो डिभाइस अब्बल रहने बताइएको छ ।

    यससँगै कम्पनीले फोल्डेबल ग्यालेक्सी डिभाइस सार्वजनिक गर्ने पनि बताइएको छ । यस डिभाइसका बारेमा कम्पनीले कुनै विवरण बाहिर ल्याएको छैन । यस डिभाइसलाई फ्लेक्स हाइब्रिड नाम दिइने अपेक्षा छ ।

    ग्यालेक्सी जेड फ्लिप फाइभ

    गाेजीमा अटाउन सक्ने फोल्डेबल ग्यालेक्सी जेड फ्लिप फाइभ कम्पनीले सार्वजनिक गर्न लागेको अर्को फोन हो । ग्यालेक्सी जेड फ्लिप फोरकै डिजाइनमा उपलब्ध हुने यो फोनमा नयाँ प्रोसेसर, उच्च गुणस्तरको क्यामेरा, ठूलो कभर स्क्रिन हुने अपेक्षा छ ।

    बाहिरिएका केही विवरणमा ग्यालेक्सी जेड फ्लिप फाइभको मूल्य भने फोर जत्तिकै रहने बताइएको छ ।

    ग्यालेक्सी भीआर हेडसेट

    पछिल्लो समय प्रविधि कम्पनीहरू भीआर हेडसेटमा आफूलाई अब्बल बनाउन लागि परेका छन् । आउँदो महिना एप्पलले प्लेस्टेसन भीआर टु, एचटीसी भाइभ एक्सआर र भीआर हेडसेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । तर, सामसङ भने भीआर हेडसेटको सन्दर्भमा त्यति सक्रिय थिएन ।

    यस पटक कम्पनीले भीआर हेडसेट पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

    ग्यालेक्सी वाच सिक्स

    सामसङले हालसम्म सार्वजनिक गर्न लागिएको स्मार्टवाचबारे धेरै जानकारी दिएको छैन । यसबारे विवरण पनि बाहिरिएका छैनन् ।

    कम्पनीले यसअघि सार्वजनिक गरेको ग्यालेक्सी वाच फाइभ र फाइभ प्रोलाई हेर्ने हो भने नयाँ स्मार्टवाचमा स्तरीय सेन्सर समावेश हुने अपेक्षा छ ।

    यी डिभाइसबारे थप समाचार टेकपानामा समेत प्रकाशन हुनेछ ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १३:३३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij