२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । क्यानको पोखरामा मंगलबार बसेको बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचनको मिति भने आगामी फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारण सभाले मिति तय गर्ने क्यानले जनाएको छ ।
यस्तै क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन्। मल्लको राजीनामापछि केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको छ।
नेपाल टी२० लिगमा विवाद, फिक्सिङ लगायतको कारण क्यानभित्रै विवाद बढ्दै गएपछि उनले राजीनामा दिएका हुन्। मल्ल नेपाल टी२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए। पोखरामा हिजोदेखि जारी बैठक आज सकिँदै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij