Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ओलीको बिरोध गर्दै आयोजना गरेको सभामा ओलीकै नक्कल, यी हुन् ओली विरुद्ध जाईलाग्ने १४ जना 

ओलीको बिरोध गर्दै आयोजना गरेको सभामा ओलीकै नक्कल, यी हुन् ओली विरुद्ध जाईलाग्ने १४ जना 


  • 6.0K
    Shares

    • images
    ओलीको बिरोध गर्दै आयोजना गरेको सभामा ओलीकै नक्कल, यी हुन् ओली विरुद्ध जाईलाग्ने १४ जना 
    images

    काठमाडौं । यतिखेर सभागृह चोकमा नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले शक्ति प्रदर्शनका लागि तयारी गरिरहेको छ। सत्तारुढ दल नेकपाको दुवै खेमा एक अर्कालाई जित्ने गरी प्रदर्शनको होडबाजीमा छन्। 

    त्यही क्रममा आज आन्दोलनरत नेकपाका कार्यकर्ता बिहानैदेखि सभास्थल बनाउन जुटेका हुन्। टुँडिखेललाई पछाडि पारेर बनाइएको स्टेजसँगै यसपाला प्रधानमन्त्री ओलीले गरेको सत्ताको शक्ति प्रदर्शनमा जस्तै डिस्प्लेहरु राखिएका छन्। 

    अघिल्लो पटक मञ्चमा सोफा राखिएको विषय सोसल मिडियामा भाइरल भएकाले हुनुपर्छ यसपाला सोफा राखिएको छैन। त्यहाँ समानखाले कुर्सीहरु राखिएको छ।

    विद्युत प्राधिकरणको छेउमा एउटा डिस्प्ले राखिएको छ भने भद्रकाली र सभागृहको बिचमा अर्को अर्को डिस्प्ले। तेस्रो डिस्प्ले चाहिँ नेपाल पुलिस क्लबको अगाडि राखिएको छ। डिस्प्लेमा डिस होम मार्फत् प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको छ।

    सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

    त्यसबाहेक केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १३:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij