२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij