Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : कुन दललाई कुन मन्त्रालय ?

कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : कुन दललाई कुन मन्त्रालय ?


  • 1.5K
    Shares

    कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : कुन दललाई कुन मन्त्रालय  ?

    जस अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ । 

    यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए । 

    उनका अनुसार अब भोलि बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । उनले रातोपाटीसँग भने,‘ मन्त्रालयको बाँडफाँट आज सकियो, भोलि बेलुकासम्म अन्य मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको शपथ लिनेगरी तयारी थालिने छ ।’ 

    ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।  यसअघि ३र३ मन्त्रालय लिने सहमति भएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - १८:२८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij