Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रिय वाणिज्य बैंकको नाफामा वृद्धि, झण्डै सवा ६ अर्ब उठायाे ब्याज

राष्ट्रिय वाणिज्य बैंकको नाफामा वृद्धि, झण्डै सवा ६ अर्ब उठायाे ब्याज


  • 2.1K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको नाफामा वृद्धि, झण्डै सवा ६ अर्ब उठायाे ब्याज
    images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (पुस-मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब ७७ करोड ५ लाख ६ हजार ५७३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    गत आर्थिक वर्षको सोही अवधिको ७६ करोड ३० लाख ३३ हजार ४८८ रुपैयाँको तुलनामा १३२.०४ प्रतिशतको वृद्धि हो।

    बैंकको सञ्चालन मुनाफामा उच्च सुधार देखिएको छ। बैंकको मुनाफा १३२.७२ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ कायम भएको छ। बैंकको ७ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ। गत वर्षको तुलनामा करिब ३५.९१ प्रतिशतको वृद्धि हो।

    बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ४० करोड ६९ लाख रूपैयाँबाट बढेर ६ अर्ब १० करोड ३३ लाख रूपैयाँ पुगेको छ । बैंकको खुद आम्दानी ६४ करोड ८ लाख ३८ हजार रूपैयाँबाट बढेर ६५ करोड २३ लाख १६ हजार रूपैयाँ पुगेको छ ।

    १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ३८ अर्ब ६५ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ।  बैंकले ५ खर्ब ६० अर्ब ६६ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब १० अर्ब ८२ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    बैंकको खराब कर्जा गत वर्ष ४.९६ प्रतिशत रहेको कर्जा यस वर्ष घटेर ४.३६ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर आम्दानी २२.६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३४५.६४ रुपैयाँ कायम भएको छ।

    images
    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १५:५३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij