Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

फौजदारी मुद्दा लागेको मान्छेलाई पार्टीहरुले काखी च्याप्नुको कारण के हो ?

फौजदारी मुद्दा लागेको मान्छेलाई पार्टीहरुले काखी च्याप्नुको कारण के हो ?


  • 1.6K
    Shares

    फौजदारी मुद्दा लागेको मान्छेलाई पार्टीहरुले काखी च्याप्नुको कारण के हो ?

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राजनीति गर्ने मान्छे, पार्टी, नेता, सांसद, मन्त्रीप्रति जनताको विश्वास श्रद्धा पटक्कै नभएको बताएका छन् ।

    मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले निर्दलीय व्यवस्था पक्षधरहरूले पनि राजनीतिक दलहरूप्रति घृणा फैलाइरहेको र अर्कोतिर राजनीतिक पार्टीहरूमा पनि विभिन्न खालको अपराधमा संलग्न मान्छेहरू आबद्ध रहेको जनताले देखिरहेको बताए ।

    फौजदारी मुद्दा लागेको मान्छेलाई पनि आफ्नो पार्टीमा हुल्ने नयाँ चलन नभएको बताउँदै दक्षिण एसियाका देशहरूमा सामाजिक अपराधीहरू कारबाही गर्नुको सट्टा उनीहरूलाई राजनीतिक दलहरूले काखी च्याप्नुको कारण के हो भन्दै प्रश्न गरे ।

    अपराधीलाई काखी च्याप्दा पार्टीको बदनाम, प्रणालीको नै बदनाम हुने भन्दै उनले भने, ‘विधिको शासन चलाउने भनेको त जुन औलामा विष लाग्छ त्यो औँला त झर्छ नि । त्यस कारण यो संसदीय व्यवस्थालाई जनताप्रति आस्था जगाउने हो भने चाहे आफ्नो पार्टीको कार्यकर्ता होस, चाहे नेता होस, दूधको दूध, पानीको पानी, उसको कसुर अनुसार कारबाही गराउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ । हामीले हाम्रो सीमित दलगत स्वार्थका लागि आफ्नो पार्टीको मान्छे दोषी छ, खराब छ भने त्यसलाई जसरी पनि जोगाउने, त्यसैमा अर्को पार्टीको छ भने त्यसलाई किक आउट गर्ने यसले के गर्छ ? यसले विधिको शासन हैन मनपरी तन्त्र हुन्छ त्यसैले समयमै हामी चिन्नुपर्ने अवस्था छ ।’

    उनले लडेर ल्याएको गणतन्त्र, लोकतन्त्र र संसदीय व्यवस्थालाई जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने अग्निपरीक्षामा रहेको बताए । यस्तै सभामुखलाई बधाई दिँदै सांसद केसीले सभामुखको भूमिका ‘बैदार हुन सजिलो छ सही बुझाउन गाह्रो’ भनेजस्तै चुनौतीपूर्ण रहेको बताए । 

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - १७:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij