Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चक्रपथभित्र सवारीसाधन प्रवेशमा रोक : सडकमा १५ सय ट्राफिक प्रहरी खटिए, यी ठाउँबाट निस्कनेछन् र्‍याली

चक्रपथभित्र सवारीसाधन प्रवेशमा रोक : सडकमा १५ सय ट्राफिक प्रहरी खटिए, यी ठाउँबाट निस्कनेछन् र्‍याली


  • 5.6K
    Shares

    • images
    चक्रपथभित्र सवारीसाधन प्रवेशमा रोक : सडकमा १५ सय ट्राफिक प्रहरी खटिए, यी ठाउँबाट निस्कनेछन् र्‍याली
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको छ। काठमाडौंको रिङरोडभित्र सवारीसाधन प्रवेश गर्न पाउने छैनन् ।

    रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडीबाहेक अन्यले प्रवेश नपाउने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए। घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटोसमेत बन्द गरिएको छ ।

    ytytytyy.jpg

    प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि मुख्य सडकमा मञ्‍च बनेकाले त्यो क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको उनले बताए ।

    ११ बजेबाट माइतीघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, थापाथली, केशरमहल, जमललगायतका विभिन्‍न क्षेत्रबाट जुलुस निस्किनेछ । जसले गर्दा त्यस क्षेत्रमा सवारी प्रवेश गर्न पाउने छैनन् भने अन्य क्षेत्रमा सवारी चाप बढ्नेछ । ट्राफिक प्रहरीले १० बजे नै ठूला गाडी चक्रपथभित्र प्रवेशमा रोक लगाइसकेको छ ।

     

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - ११:१४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij