Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु

संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु


  • 5.9K
    Shares

    • images
    संसद विघटनविरुद्धका रिटमा आजबाट पुनः बहस सुरु
    images

    काठमाडौं । आजबाट सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमा पुनः बहस सुरु हुँदै छ ।

    सर्वोच्चमा संसद विघटनविरुद्ध १३ वटा मुद्दा परेका छन् । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो ।

    हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास पनि गठन गर्नुभएको छ । 

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - ११:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij