२०८२ माघ १५ गते बिहिवार
बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने भएका छन् । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलको सुझावमा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको हो ।
यसअघि बागमती प्रदेशमा १४ मन्त्रालय रहेका थिए । सोमबार कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्मकटटेलले कार्यदलको सुझाव अनुसार अव बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने जानकारी दिए ।
कार्यदलले प्रदेशका कुल सांसदको १० प्रतिशत नबढ्नेगरी मन्त्री बनाउन सुझाव दिएको छ । ‘कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अव ११ वटा मन्त्रालय हुन्छन्, त्यसको निर्णय आजै बस्ने क्याविनेटले निर्णय गर्छ’, मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।
मुख्यमन्त्री जम्कटटेलले मुख्यसचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए । जसमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij