Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रपतिबारे रणनीति बनाउन कांग्रेसमा आन्तरिक छलफललाई तीव्रता, देउवाले लिए क-कसको नाम ?

राष्ट्रपतिबारे रणनीति बनाउन कांग्रेसमा आन्तरिक छलफललाई तीव्रता, देउवाले लिए क-कसको नाम ?


  • 1.9K
    Shares

    राष्ट्रपतिबारे रणनीति बनाउन कांग्रेसमा आन्तरिक छलफललाई तीव्रता, देउवाले लिए क-कसको नाम ?

    नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि अगाडि बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका सन्दर्भमा आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

    माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीति बनाइरहेको छ ।

    पार्टीको आन्तरिक मतभेदलाई थाँती राखेर कांग्रेस सभापति देउवाले रणनीतिक छलफल अगाडि बढाएको पाइएको छ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाएको एक पदाधिकारीले जनाकारी दिए । भोलिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने उनको भनाइ छ ।

    माघ १५ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पहिलो पटक पुस २२ गतेका लागि बोलाएको बैठक पुस २८ गतेका लागि सारिएको थियो । उक्त मितिमा पनि बैठक बस्न नसकेपछि माघ १५ गते बैठक केन्द्रीय समिति बैठक बस्दैछ ।

    बैठक बोलाउँदा समसामयिक राजनीति, आम निर्वाचनको समीक्षा र विधि विषयलाई कांग्रेसले छलफलको एजेन्डा बनाएको थियो । भोलिको शीर्ष नेताको बैठकले छलफलको थप एजेन्डा तय गर्ने बुझिएको छ । साथै राष्ट्रपतिको निर्वाचन माघभित्र गर्न दबाब बढाउने तयारी छ । कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको बहानामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर गरेको थियो ।

    निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने सङ्केत गरेको छ । राष्ट्रपतिको निर्वाचन माघभित्रै गर्न निर्वाचन आयोगको लिखित ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ । साथै राष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थन जुटाउन विश्वासको वातावरण बनाउन कांग्रेसको लागिपरेको छ । यसैका लागि नेता शेखर कोइराला समूहको गुटगत बैठक स्थगित गरेको छ ।

    आइतबार बसेको कोइराला समूहको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको धारणा राखेपछि सभापति देउवाले सोमबार शीर्ष नेतालाई छलफलमा बोलाएका थिए ।

    उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डलाई चिढ्याउने ढङ्गले प्रस्तुत नहुन देउवाले भनेपछि कोइराला पक्षले बैठक स्थगित गरेको देखिन्छ । नेता कोइरालाले प्रधानमन्त्रीलाई ‘विश्वासको मत दिएर गल्ती भयो’ भनेर आफूले नबोलेको प्रस्टीकरण दिएका थिए ।

    देउवाले कुनै हालतमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने वातावरण बनाउनुपर्ने भन्दै नेताहरूलाई अन्य दलसँग छलफलमा जुट्न निर्देशन दिएका थिए । कोइराला पक्षका नेताहरूले पनि अन्य दलसँग छलफल गर्न अगाडि बढ्ने बताएका थिए । 

    सभापति देउवाले शीर्ष नेताको छलफलमा राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको नाम प्रवेश गराएका थिए । भोलिको बैठकमा यसमा थप छलफल हुने कांग्रेसका ती पदाधिकारीको भनाइ छ । चार दलीय मोर्चालाई साथमा राखेर राष्ट्रपतिमा माओवादी र जसपाको साथ लिने कांग्रेस दाउमा छ ।

     

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - १३:१०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij