२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको छ। दुवै पार्टीबीच एकताको लागि कार्यदल बनाएर छलफल भइरहेको छ।
आज पनि दुई पार्टी एकता कायदलका बीचमा बैठक बस्ने माओवादीका उपमहासचिव तथा वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए। दिउँसो २ बजे बैठक बस्ने तय भएको उनको भनाइ छ।
उनले भने, ‘एकता लागि हामीहरुले गरेको वार्ता सकारात्मक रुपमा नै अघि बढेको छ। आज थप छलफल हुन्छ। यसअघि शनिवार पनि नेसपाका नेताहरुसँग छलफल भएको थियो।’
मंसिर ४ गते भएको निर्वाचनमा डा बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादीकै चुनाव चिन्ह लिएर लडेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij