२०८२ माघ १५ गते बिहिवार
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि सधैँ सहकार्यको हात बढाएकोमा खुसी व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका कुमारले उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटमा नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताएका छन् ।
भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेलवे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा सञ्चालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको थियो ।
हाल निर्माण क्रममा रहेका बालाजु-त्रिशुली सडक र भालुबाङ-बाग्दुला-भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij