Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रास्वपाले बनायो विभाग र समिति, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

रास्वपाले बनायो विभाग र समिति, कसलाई के जिम्मेवारी ? (सूचीसहित)


  • 1.8K
    Shares

    रास्वपाले बनायो विभाग र समिति, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न आयोग, विभाग र समितिहरू गठन गरेको छ । प्रवक्ता मुकुल ढकालका अनुसार रास्वपा केन्द्रीय निर्वाचन आयोगको जिम्मेवारी नारायण प्याकुरेललाई दिइएको छ । यस्तै, केन्द्रीय लेखा आयोगमा अभिषेक घिमिरेलाई चयन गरिएको छ ।

    रास्वपाले विभिन्न समिति पनि चयन गरेको छ । डा.भरतमणि देवकोटाको अध्यक्षतामा केन्द्रीय अनुशासन तथा आचरण समिति बनाइएको छ । समिति सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन् ।

    यस्तै विवाद समाधान समितिको नेतृत्व विष्णु कुमार श्रेष्ठले पाएका छन् । पार्टीको पुनरावेदन समितिमा विपिन कुमार आचार्यले नेतृत्व पाउँदा दीपक बोहरा सदस्य बनेका छन् । यसै गरी पार्टीको नीति तथा विचार विभाग प्रमुखमा डा. मुकुल ढकाल चयन भएका छन् ।

    अभियान तथा प्रचार प्रसार विभागमा पिनकुमार आचार्य, मानवीय विकास प्रवर्द्धन विभागमा कुशुम महर्जन र प्रशिक्षण विभागको नेतृत्व डा मुकुल ढकालले पाएका छन् ।

    त्यसैगरी सङ्गठन विभागको नेतृत्व कविन्द्र बुर्लाकोटीले गर्दा विष्णुकुमार श्रेष्ठलाई उपप्रमुख बनाइएको छ । भने, शंकर श्रेष्ठ सचिवमा नियुक्त भएका छन् ।

    उत्पादन प्रवर्धन विभागमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभागमा डा. अरनिको पाँडे, केन्द्रीय RAT संयोजन विभागमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभागमा विपिन कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।

    यस्तै केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

    चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने रणनीति तय गरेको प्रवक्ता ढकालले बताए ।

    त्यस्तै माघ मसान्तभित्र पार्टीले तपसिल बमोजिम प्रदेश समितिहरूको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गर्ने कार्यक्रम तय गरेको छ ।

    भेलाको मिति निम्नअनुसार तय गरिएको छ ।

    माघ १४ गते – प्रदेश नं.१ – विराटनगर
    माघ १६ गते – मधेश प्रदेश – जनकपुर
    माघ १८ गते – बाग्मती प्रदेश – मकवानपुर
    माघ २१ गते – गण्डकी प्रदेश – पोखरा
    माघ २४ गते – लुम्बिनी प्रदेश – दाङ
    माघ २६ गते – सुदूरपश्चिम प्रदेश – धनगढी
    माघ २८ गते – कर्णाली प्रदेश – सुर्खेत

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १३:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij