Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कर्णाली प्रदेश: उपसभामुखको निर्वाचन, यशोदा न्यौपाने भर्सेस इन्द्रा कुमारी शाही

कर्णाली प्रदेश: उपसभामुखको निर्वाचन, यशोदा न्यौपाने भर्सेस इन्द्रा कुमारी शाही


  • 2.8K
    Shares

    कर्णाली प्रदेश: उपसभामुखको निर्वाचन, यशोदा न्यौपाने भर्सेस इन्द्रा कुमारी शाही

    कर्णाली प्रदेश सभाका उपसभामुखका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् ।

    कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।

    प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।

    न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्दैछिन् । यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एकजना सांसद छन् ।

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - ११:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij