२०८२ माघ १५ गते बिहिवार
नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका छन् ।
मंगलबार बिहान अध्यक्ष नेपाल र यादवले सभापति देउवालाई भेट्न उनकै निवास धुम्बाराहीमा पुगेका हुन् । उनीहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको एक नेताले जानकारी दिए ।
सभामुख पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता र बिहीबार निर्वाचनको कार्यतालिका रहेको छ । उनीहरूबीच समामुख निर्वाचनमा मिलेर जाने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ । प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij