Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

पासपोर्ट वितरण र कन्सुलर सेवा सहज बनाउने परराष्ट्र मन्त्री राईको प्रतिबद्धता

पासपोर्ट वितरण र कन्सुलर सेवा सहज बनाउने परराष्ट्र मन्त्री राईको प्रतिबद्धता


  • 1.9K
    Shares

    पासपोर्ट वितरण र कन्सुलर सेवा सहज बनाउने परराष्ट्र मन्त्री राईको प्रतिबद्धता

    नवनियुक्त परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले राहदानी तथा कन्सुलर सेवा प्रवाह सहज गराउने प्रतिबद्धता जनाएकी छिन् । 

    सिंहदरवारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै सञ्चारकर्मीसँग गरेको कुराकानीका क्रममा परराष्ट्रमन्त्री पौड्यालले विदेशस्थित नेपाली राजदूतावासमा नेपालीहरूको पहुँच सहजीकरण गर्ने, नेपालीलाई आफ्नो घरको अनुभूति गराउने पनि प्रतिबद्धता जनाएकी हुन्। 

    परराष्ट्रमन्त्री पौड्यालले नेपाल असंलग्न परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको पनि बताइन् । उनले परराष्ट्र नीति तत्काल परिवर्तन नहुनेसमेत उल्लेख गरेकी छिन् । 

    पौड्याल परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने तेस्रो महिलासमेत हुन् । यसअघि सहाना प्रधान र सुजाता कोइरालाले परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका थिए । 

    १८ चैत २०६३ मा परराष्ट्रमन्त्री नियुक्त भएकी सहानाले ६ भदौ ०६५ सम्म सो मन्त्रालयको नेतृत्व गरेकी थिइन् भने ११ जेठ २०६६ मा परराष्ट्रमन्त्री बनेकी सुजाताले २३ माघ २०६७ सम्म परराष्ट्र सम्हालेकी थिइन् । 

    संविधानसभाबाट संविधान जारी भएपछि नेपालको पहिलो महिला परराष्ट्रमन्त्री भएकी पौड्याल राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएकी थिइन् । कृषि अर्थशास्त्री उनी एमालेको सिफारिसमा परराष्ट्रमन्त्री भएकी हुन् । 

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - १६:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij